गोरखाका छ स्थानीय तहलाई एम्बुलेन्स हस्तान्तरण
गोरखा | पुस १९, २०८०
गोरखा: गोरखाका छ स्थानीय तहलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । गोरखा सदरमुकाममा आज एक कार्यक्रमका बीच ‘सम्भव छ नेपाल’ नामक एक गैरसरकारी संस्थाले स्थानीय तहहरूलाई एम्बुलेन्स उपलब्ध गराएको संस्थाका अध्यक्ष प्रेम खत्रीले जानकारी दिए।
संस्थाले गण्डकी, आरुघाट, अजिरकोट, बारपाक सुलिकोट, सिरानचोक र चुमनुब्री गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको उनले बताए । अहिले वितरण गरिएका एम्बुलेन्स ‘ख’ वर्गका हुन् ।
संस्थाले उपलब्ध गराएको एम्बुलेन्स गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत संयुक्तरुपमा साँचो हस्तान्तरण गरेर उपलब्ध गराए । एम्बुलेन्ससँगै संस्थाले पालिकालाई औषधिसमेत उपलब्ध गराएको अध्यक्ष खत्रीले जानकारी दिए।
एम्बुलेन्स तथा औषधिसहित संस्थाले पालिकालाई करिब रु दुई करोड ८० लाख बराबरको सामग्री वितरण गरेको हो । संस्थाले पालुङटार नगरपालिकालाई पनि केही समयपछि एम्बुलेन्स उपलब्ध गराउने उनको भनाइ छ । यसअघि पनि संस्थाले गोरखा विभिन्न पालिकालाई निःशुल्क एम्बुलेन्स उपलब्ध गराएको थियो ।
पोखरा । पोखरामा सम्पन्न फाइभ ए साइड एमेच्योर फुटसल प्रतियोगितामा एन डलर एफसी च्याम्पियन बनेको छ । रानीपौवा स्पोर्टस् सेन्टरमा शनिबार भएको फाइनल खेलमा मित्रबन्धु एक्स गेम हाउसलाई...
नागढुंगा-सिस्नेरी सुरूङमार्ग उद्घाटन भएको छ। आइतबार बिहान विशेष समारोह गरी नेपालकै पहिलो आधुनिक सुरूङमार्ग उद्घाटन गरिएको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजद...
कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक बेहोस भई लडेका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको छ। स्थानीयवासीको सहयोगमा घट...

